दिगो कृषि विकास क्षेत्र (Sustainable Agriculture Development Sector)
कार्यक्रमको संक्षिप्त परिचय
संस्थाले लिएका लक्ष्य एवं उद्देश्यहरू प्राप्तीका लागि, दिगो कृषि विकास क्षेत्रले विगत १० वर्षदेखि कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले समुदायको आवश्यकता र चाहना अनुसारका कृषिसँग सम्बन्धित तालिम, परामर्श, अनुसन्धान तथा ग्रामीण विकास सम्बन्धी कार्यक्रमहरू विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा संचालन गर्दै आइरहेको छ।
तालिमको संक्षिप्त विवरण
यो कार्यक्रमले हालसम्म २५६ वटा तालिमहरू ७४ पटक विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न गरेको छ। सहभागी संस्थाहरूको विवरण:
- ३६ वटा गै.स.स
- २४ वटा अन्तर्राष्ट्रिय गै.स.स
- ३ वटा सरकारी निकाय
- १० वटा समुदायमा आधारित संस्था
- १ वटा अन्य संस्था
सहभागीको विवरण:
- कुल सहभागी: ६५९६ जना
- महिला: ४२५५ जना (६५%)
- पुरुष: २३४१ जना
- दलित: ८ जना
- जनजाति (जनालाभबाट वञ्चित): २६०६ जना (४०%)
- धार्मिक अल्पसंख्यक: ५९२ जना
- अपांगता भएका व्यक्ति: १० जना
- किसान सहभागी: २३%
तालिमको प्रभाव
तालिमपछि सहभागीहरूले सिकेका सीप तथा ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्दै पेशागत रुपमा अवलम्बन गरेका छन्। यसबाट उनीहरूको जीवनस्तरमा सुधार आएको देखिएको छ। मुख्य तालिमहरूमा समावेश छन्:
- करेसाबारी तरकारी खेती
- आलु उत्पादन
- व्यवसायिक तरकारी खेती
- बेमौसमी तरकारी खेती
- मौरी पालन
- एकीकृत सत्रुजीव व्यवस्थापन
- च्याउ खेती
- कट फ्लावर उत्पादन
- स्थानीय बीउ उत्पादन
- फलफूल खेती
विशेष लक्ष्य समूह
ग्रामिण कृषि कार्यकर्ता, स्थानीय स्रोत व्यक्ति, मुक्त कम्लरी, अनुभवी कृषक, र युवा कृषकहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको छ।
उल्लेखनीय सफलताका उदाहरणहरू
- श्याम प्रसाद डगौरा, कैलाली: मुक्त कमैया, तालिमबाट जीवनमा परिवर्तन
- कुमार थिङ्ग, हांडीगाउँ, मकवानपुर: व्यवसायिक तरकारी खेतीबाट जीवनस्तरमा उल्लेखनीय सुधार
तालिम कार्यक्रमका मुख्य उपलब्धीहरू
- स्वरोजगार उन्मुख सुधार
- सामुहिक ज्ञानको आदानप्रदान
- व्यवहारमा आधारित प्रयोगात्मक तालिम
- प्रभावकारी श्रोत व्यवस्थापन
चुनौतीहरू
- प्रतिस्पर्धी संस्थाहरूको उपस्थिति
- तालिम सेवाको सस्तो र प्रभावकारी प्रवाह
- सेवा आम्दानीभन्दा खर्च बढी हुनु
- तालिमपछि पूँजी र साधनको अभाव
आगामी योजना
- सरकारी तथा निजी निकायहरूसँग समन्वय
- तालिमको गुणस्तर अभिवृद्धि
- सहभागिता र पहुँचमा विविधता ल्याउने
- तालिमपश्चात पूँजी तथा सामग्रीको प्रबन्धमा साझेदार संस्थाहरूको भूमिका
सहभागी किसानको भनाइ
कुमार थिङ्ग, हांडीगाउँ, मकवानपुर:
“म परम्परागत तरकारी खेती गर्थें। तालिमपछि तरकारी उत्पादन दोब्बर भएको छ। आम्दानीले घरायसी समस्याहरू समाधान गर्न सहज भएको छ, सानो जग्गा समेत किन्न सकेको छु।”
तालिमहरूको सूची
१. करेसाबारी
२. आलु खेती
३. व्यावसायिक तरकारी खेती तालिम
४. कृषि वन तालिम
५. बेमौसमी तरकारी खेती तालिम
६. मौरीपालन तालिम
७. एकीकृत जीव व्यवस्थापन
८. च्याउखेती तालिम
९. प्राङ्गारिक खेती तालिम
१०. परमाकल्चर व्यवस्थापन तालिम
११. करेसाबारीको लागि प्रशिक्षक तालिम
१२. फलफूल खेती तालिम
१३. फूल उत्पादन तथा व्यवस्थापन
१४. नगदेबाली खेती तालिम
१५. दिगो कृषिका लागि कार्य योजना
१६. स्थानीय बीउ उत्पादन तथा व्यवस्थापन तालिम
१७. समुदायमा आधारित जैविक विविधता संरक्षण
१८. प्राङ्गारिक जीव व्यवस्थापन
१९. अगुवा कृषक तालिम
२०. अचार र अदुवाको क्याण्डी बनाउने तालिम
२१. समुदायमा आधारित जीव विविधता संरक्षण
२२. प्राकृतिक श्रोत व्यवस्थापन तथा सुशासन
२३. औषधी तथा सौन्दर्ययुक्त बिरुवा उत्पादन तथा खेती
२४. वातावरण परिवर्तन तथा अनुकूलन तालिम