NEST Pokhara

Welcome! This website is currently under construction. Some features may be unavailable or display placeholder information.

हाम्रो समुदाय सभ्य र समृद्ध हुने बाटो – बितीय साक्षरता रमनोसामाजिक परामर्श कक्षा

मेरो नाम आरति श्रेष्ठ (बर्ष ३२) हो । घर पोखरा – ३३ लामगादी । हामी संयुक्त परिवारमा छौ । म घरकी जेठी बुहारी । श्रीमान् बिगत ७–८ बर्ष देखि बैदेशिक रोजगारीमा हुनुहुन्छ । यतिखेर दुबईमा हुनुहुन्छ । म सामी कार्यक्रम अन्तर्गत पोखरा – ३३ लामगादी स्थित भरतपोखरी केन्द्रमा संचालित २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा नियमित रुपमा सहभागी भएँ ।

आरति श्रेष्ठ

लामगादी, पोखरा महानगरपालिका –३३

मेरो नाम आरति श्रेष्ठ (बर्ष ३२) हो । घर पोखरा – ३३ लामगादी । हामी संयुक्त परिवारमा छौ । म घरकी जेठी बुहारी । श्रीमान् बिगत ७–८ बर्ष देखि बैदेशिक रोजगारीमा हुनुहुन्छ । यतिखेर दुबईमा हुनुहुन्छ । म सामी कार्यक्रम अन्तर्गत पोखरा – ३३ लामगादी स्थित भरतपोखरी केन्द्रमा संचालित २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा नियमित रुपमा सहभागी भएँ । खाली बस्न हुदैन, अरुको देखासिकी गर्न हुदैन । अरुको कुरा काट्न नहुने रहेछ । कसैलाई गार्हो अप्ठ्यारो परेको भए सान्त्वना दिन पर्दो रहेछ । घरमा सरसल्लाह भएमा परिवारमा मेलमिलाप हुने रहेछ भन्ने कुरा सिकेकी छु । थोरै भए पनि बचत गर्ने बानी बसाल्नु पर्ने कुरा सिकेकी छु । यी कुराहरु बाहेक, यो २१ हप्ताको कक्षाले त हाम्रो टोलमा अन्य धेरै प्रभाब पो पारेको छ । हाम्रा टोलका दिदीबहिनीहरु (बिशेष गरि टोलका केटीहरु) ले पनि अरु धेरै कुरा सिकेका छन् । उनीहरुको ब्यबहारमा धेरै परिवर्तन देखेको छु । जस्तै, अरुलाई होच्याउने, अरुलाई अपमान जस्तो गर्ने जस्तो लाग्दथ्यो पहिले । अहिले त्यस्तो छैन । मलाइ त्यस्तो लागेको छ । पहिला फरक ढंगले बोल्थे, अहिले अलि फरक तरिकाले बोल्छन् । मिजासिला भएका जस्तो लागेको छ । कक्षाले त हाम्रो टोल्को वातावारण नै राम्रो भएको जस्तो पो लागेको छ ।

Find how you can help create more success stories Get Involved