NEST Pokhara

Welcome! This website is currently under construction. Some features may be unavailable or display placeholder information.

मेरो परिवारको समृद्धिको बाटो–वित्तीय साक्षरता कक्षा

मेरो नाम शर्मिला लिम्बु (बर्ष २९) हो । मेरो घर मोरङ जिल्लामा पर्दछ । अहिले बसोबास पोखरा–३३ लामगादीमा छ । हाम्रो ३ जनाको परिवार हो । श्रीमान मिति २०७८ असोज देखि भिजिट भिसामा साउदीमा हुनुहुन्छ । घरमा छोरा र म । श्रीमान् ले एअरपोर्टमा जहाज सफा गर्ने काम गर्छु भन्नुहुन्छ ।

शर्मिला लिम्बु

लामगादी, पोखरा महानगरपालिका– ३३, कास्की

मेरो नाम शर्मिला लिम्बु (बर्ष २९) हो । मेरो घर मोरङ जिल्लामा पर्दछ । अहिले बसोबास पोखरा–३३ लामगादीमा छ । हाम्रो ३ जनाको परिवार हो । श्रीमान मिति २०७८ असोज देखि भिजिट भिसामा साउदीमा हुनुहुन्छ । घरमा छोरा र म । श्रीमान् ले एअरपोर्टमा जहाज सफा गर्ने काम गर्छु भन्नुहुन्छ । सामी कार्यक्रम अन्तर्गत पोखरा – ३३ भरतपोखरी केन्द्रमा मिति २०७९ साल चैत्र ३ गते देखि चलेको २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा नियमित रुपमा सहभागी भएँ । उक्त कक्षाले मेरो मन खोलिदियो । जस्तै, धेरै कुरा भन्न त मलाइ आउदैन । आफुले गर्ने बचत को महत्वको बारेमा कुरा भयो । आफुले गरेको बचत नै आफ्नो लागी सहारा हो भन्ने ज्ञान भयो । किनभने आफुलाई आवस्यक परेको बेलामा आफुले गरेको बचत प्रयोग गर्न सकिन्छ र आफुलाई सजिलो हुन्छ भन्ने बारेमा थाह भयो । यस कुराले मलाइ थोरै भएपनि बचत गर्नु पर्दछ । थोरै भएनी आम्दानि गर्नुपर्छ भन्ने लाग्यो । बचतले पछि आफु र आफ्नो परिवारलाइ आवस्यक पर्दा सहयोग र सजिलो हुन्छ भन्ने कुराले छोयो । पैसा भए पनि जथाभावी खर्च गर्नु हुदैन । काम नगरी खालि बस्न हुदैन । मैले आफैले पनि केहि सिक्नुपर्छ, केहि काम गरेर कमाउनु पर्छ । श्रीमान् को कमाइमा आफुले पनि थप्नु पर्दछ । त्यसोभए मात्र जिबन सजिलो हुन्छ भन्ने कुरा प्रस्ट भयो । कक्षामा सहभागी हुनुभन्दा पहिले पनि मैले चना–चट्पट् बनाउथे, तर घरैमा । खासै बिक्रि भएन । बिचमा बन्द भयो ।

जब म बितीय साक्षरता कक्षामा सहभागी भए, बचतको बारेमा गहिरोसँग जान्ने र बुझ्ने मौका पाएँ । मेरा सिकाइले बचतको महत्व र मन खोलिदिएपछी कक्षा समापन भन्दा २ दिन पहिले नै ठेलागाडा किने योजना बनाए । ठेलागाडा मात्र रु बाह्रहजार (१२,०००) मा किनेको र छत् पनि हाल्दा सबै गरेर रु पन्ध्रहजार (१५,०००) लाग्यो । ठेलागाडामा चना–चट्पट् बनाएर घर नजिकै बाटाको चोकमा बस्छु । पानी नपरेको दिन मानिसहरुको आवतजावत पनि धेरै हुन्छ र राम्रै बिक्रि हुन्छ । कहिलेकाहीँ दिनको हजार–बाह्रसय (१००० – १२००) सम्मको पनि बिक्रि हुन्छ । बिक्रि अनुसारको फाइदा पनि हुन्छ । कहिलेकाहीँ त २०० – ३०० सम्म पनि नाफा हुन्छ । मैले कमाएको पैसाले घरमा खर्च धान्ने भएको त छ, तर कहिलेकाहीँ त पुग्दैन । घरभाड मासिक पन्ध्रसय (१५००) हो । छोराको फी महिनाको पाँचसय हो । श्रीमान् ले पठाउने पैसा ऋणको किस्ता तिर्ने ठिक्क हुन्छ । ऋण दुई ठाउँ बाटः मुक्तिनाथ बैक र दुग्ध सहकारी बाट लिएको । घरबेटीले नै ऋणको व्यवस्था गरिदिनु भएको हो । आफ्नो नागरिकता छैन । ऋण लिन नपाउने स्थिति छ । हामी लाई ऋण कसरि लिने भन्ने थाहै थिएंन र यो ठाउँ नयाँ भएकोले चिनेको पनि कोही थिएन । घरबेटी ले नै मिलाइदिनु भयो । त्यसैले अहिले श्रीमान् को पैसा घरबेटीको नाउमा आउछ । पछी पनि यहि ब्यापारलाइ बढाउने बिचार त छ । यदि मिल्यो भने नागरिकता बनाएर श्रीमान् संगै विदेश जाने हो की ? जस्तो पनि लाग्छ । यस्तो कमाइले त हुदैन होला नी । श्रीमान् भिजिट भिसामा रहेको जोखिम बारे थाहा त भयो । तर के गर्ने कसो गर्ने भन्ने थाहा छैन ।

अहिले त काम गरिरहनुभएको छ । खष्कष्त भिसाको कुरा त विदेश गए पछी मात्र थाह भयो । ६ महिनां सम्म काम पनि पाउनु भएन । पठाउने मान्छे लाई सोधपुछ गर्दा सम्पर्क बिहिन भयो । एकपटक त मलाई नेपाल झिकाउ भन्नुभयो । फेरी आफैले नेपाल आएर के गर्ने, ऋण कसरी तिर्ने भनेर पनि भन्नु हुन्छ । अहिले त केहि भन्नु हुन्न । काम गरिरहनुभएको छ । अब अरु कुरा मलाइ थाहा छैन ।
धेरै कुरा नजाने पनि आफैले पनि काम गर्नुपर्छ । थोरै भएनी कमाउनु पर्छ । जथाभावी खर्च गर्नु हुदैन । थोरै थोरै गरेर भएनी जोगाउनु पनि पर्छ । घर सल्लाह पनि गर्नुपर्छ भन्ने कुरा सिकेको छु । श्री मान् ले पनि चट्पट ब्यबसाय गरेको ठिक छ भन्नुभयो । श्रीमान् ऋण तिर्नकै लागी भिसा सकिएको भएनी काम गर्दै हुनुहुन्छ । उतै काम गर्ने भिसा मिलाको होकी ? जस्तो लाग्छ । अझै ४–५ महिना भिसा छ भन्नुभयो । टोलमा अन्य २ ठाउमा किराना पसलेहरुले पनि चना–चट्पट बनाउछन् । म अहिले खुशी नै छु ।

Find how you can help create more success stories Get Involved