NEST Pokhara

Welcome! This website is currently under construction. Some features may be unavailable or display placeholder information.

मेरो आर्थिक स्वतन्त्रताको गोरेटो – वित्तीय साक्षरता कक्षा

मेरो नाम भगवती पौडेल हो । म अहिले ३८ बर्षकी भएँ । हाम्रो परिवार पाँच जनाको छौं । अहिले हामी घरमा ४ जना छौंः २ छोरीहरु, छोरा र म । श्रीमान २–३ बर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा अहिले कतारमा हुनुहुन्छ । एक पटक आएर जानुभएको हो । पछिल्लो पटक अस्ति गएको फागुनमा जानु भएको हो ।

भगवती पौडेल

ऋषि मार्ग – स्ट्रीट न. ३, पोखरा महानगरपालिका – १५, कास्की

मेरो नाम भगवती पौडेल हो । म अहिले ३८ बर्षकी भएँ । हाम्रो परिवार पाँच जनाको छौं । अहिले हामी घरमा ४ जना छौंः २ छोरीहरु, छोरा र म । श्रीमान २–३ बर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा अहिले कतारमा हुनुहुन्छ । एक पटक आएर जानुभएको हो । पछिल्लो पटक अस्ति गएको फागुनमा जानु भएको हो । श्रीमान् कतारमा पानीको ट्यांकर चलाउनु हुन्छ । ड्राइभर हुनुहुन्छ । हाम्रो वडामा सामी कार्यक्रम अन्तर्गत मीति २०७९ साल फागुन २९ गते देखि शुरु भएको २१ हप्ताको वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा म सहभागी भएँ । मलाई घर बाट १५ – २० मिनट लाग्थ्यो । म शुरुमा श्रीमान् संग सोधेरै गएकी हुँ । २१ दिनमा मेरो १ दिन मात्रै छुट्यो । मेरो माइतीघर रानीपौवामा पुजा थियो । पुजा सकेर नी आउछु भनेकी थिएँ भ्याइएन । त्यसैले गर्दा १ दिन छुटेको हो ।

कक्षामा धेरै कुराहरु सिक्कियो । जस्तैः बैदेशिक रोजागरी कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारे । परिवार ब्यबस्थापन बारेमा । घर सरसल्लाह गर्ने संबन्धमा । आम्दानि र बचत गर्ने संबन्धमा । हाम्रो कक्षामा बचतको साथै लघु ब्यबसायको बारेमा पनि छलफल भएको थियो । उक्त कक्षा बाट मैले सिकेको र मलाइ मनमा परेको कुरा भनेको “आफैले गरेको सानो ब्यबसाय बाट गरेको आम्दाबी थोरै भए पनि दिगो हुन्छ र सधैलाई हुन्छ । पछिपछि आम्दानी पनि बढ्छ । विदेशको रोजगार र आम्दानी त सधैलाई हुदैन । आफैले गरेको व्यवसायले त सानोतिनो भए पनि निरन्तर आम्दानी दिएरहन्छ ।” यी कुराहरु बुझे पछी मेरो मनमा मेरो आफ्नै घरैमा सानो पसल गर्ने सपना देखें । उक्त कक्षाले त मेरो मनै परिवर्तन गरिदियो । यदि मैले त्यो कक्षामा सहभागी नभएको भए त मैले यो पसल गर्ने नै थिईन । किनभने, कक्षामा सहभागी हुनुभन्दा पहिले मलाइ यो पसल गर्ने कोठा छिमेकी बहिनीलाइ भाडामा दिने बिचार थियो । श्रीमान् ले बिदेशमा कमाइरहनु भएको छ । खाना पुगेकै छ भन्ने सोच थियो । पसल गर्ने मनै थिएन ।

सानो ब्यबसाय बाट भए पनि आफैले गरेको सानो ब्यबसाय बाट गरेको आम्दानी दिगो र बिस्तारै आम्दानी पनि बढ्दै जान्छ भन्ने कुरा यकिन भयो । बैदेशिक रोजगारीबाट हुने आम्दानी सधैलाई हुदैन । त्यसैले आम्दानी त आफैले पो गर्नुपर्ने रहेछ भन्ने कुरा बोध भयो । त्यसैले म आफैले हाम्रो समूह बाट रु दुइलाख (२,००,०००) ऋण लिएर फ्रिज किने, सामान राख्ने दराज र तख्ता बनाएँ । सानो ¥याक् पनि बनाएँ । खुद्रा सामान पनि हाले । पसल ठिकै चलेको छ । पसलको कमाइले मैले आफैले लिएको ऋणको किस्ता तिर्न, छोरीहरु र छोराको पढाईको फी तिर्न समेत लगभग पुगेको छ । घर आफ्नै भएकोले पसलको भाडा तिर्न परेको छैन । मैले लिएको ऋणको अहिले मासिक रु बार–तेह्रहजार (१२,००० –१३,०००) किस्ता तिर्नुपर्ने हुन्छ । पसलको कमाइले नै तिरिरहेको छु । श्रीमान् को कमाइ खर्चेकी छैन । अझै दैनिक २००–३०० त बचतै नी गरेकी छु । मैले पसल गरेकोमा श्रीमान् पनि खुशी हुनुहुन्छ । काम गरेको ब्यस्त भएकै राम्रो भन्नु हुन्छ । खुशी हुनुहुन्छ । छोरीहरु पनि खुशी छन् । छोरीहरुले मैले नभ्याएको बेला पसलमा बसेर सघाउछन् । हामी धेरै खुशी छौं ।

भबिस्यमा अव त म पसल बढाउदै लाने हो । पसल बढ्दै गए आम्दानी पनि बढ्ला नी । पसल ठुलो भएपछी दुइ जना चाहिन्छ होला । किनभने पालो चाहिन्छ । मैले अहिले सोचे जस्तो भैरह्यो भने त म श्रीमान् लाई छिट्टै नेपाल बोलाउछु । आखिर घरै बसेर आफुलाई हुने आम्दानि गर्न सक्कियो भने किन विदेश बस्न पर्यो र ? श्रीमान् सहित नेपालमै बसेर सगै रहेर यो पसल राम्रो संग चलाउन सक्कियो भने त आफुलाई भै हाल्यो नी । श्रीमान् जाने बेलाको पनि थोरै थोरै ऋण छ ।

Find how you can help create more success stories Get Involved